घुस लिँदै गर्दा पक्राउ

रुपन्देही । रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ४ लाख घुस लिंदै गर्दा दुई जना कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।
उनीहरुलाई सिद्धार्थनगर नगरपालिका ५ सेन्चुरी बैंकबाट रंगेहात नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गावापत २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने छ । अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयां मुआब्जा वितरण भइसकेको विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्