कोशी लोकमार्गको दर्जनौ स्थानमा पहिरो
धनकुटा । गएराती देखी परेको अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो झरेपछि कोशी लोकमार्ग अवरुद्ध बनेको छ ।
कोशी लोकमार्ग अन्तर्गत पर्ने धरान धनकुटा सडक खण्डमा पर्ने धनकुुुुटा नगरपालिका वडा नं. ६ पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी लगायतको दर्जर्नौ स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
विहानै देखी अवरुद्ध सडक खुलाउन स्थानीय, जनपथ प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको भएपनि र केही समय लाग्ने सशस्त्र प्रहरी बल हेडक्वाटर नं. ६ गुल्म धनकुटाका प्रमुख डिएपी सचिन कर्माचार्यले बताउनुभयो । राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौँ सवारी साधन जाममा परेका छन् । त्यस्तै, लगातारको वर्षाको कारणले कोशी लोकमार्गका १ दर्जन भन्दा बढी स्थानमा पहिरो खसेको छ ।
गर्जुवा, रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट, सल्लेरी लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ । सडक माथि थुप्रिएको पहिरो हटाउन डिभिजन सडक कार्यालयको स्काइभेटर प्रयोग गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । उहाँले २–३ घण्टा भित्र एकतर्फि सडक खुल्ने वताएका छन् ।
धनकुटा हिले सडक खण्डको सल्लेरीमा ठुलठुला सल्लाको रुख ढलेको कारण सडक अवरुद्ध कायम रहेको ट्राफिक प्रहरी प्रमुख खड्काले वताएका छन् । भारी वर्षासंगै जिल्लाको विभिन्न स्थानमा वाढी पहिरोले गर्दा धनकुटामा गम्भिर क्षति हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिकाको वडा नं.४ देव्रेवासमा १ घर र धनकुटा–५ स्थित् १ घरमा वर्षाको कारण सामान्य क्षति पुगेको तर मानविय क्षति भने हालसम्म नभएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्