तपाईँ सुन्दै हुनुहुन्छः

कालीकोटमा पहिरो : एउटै घरका पाँचसहित ६ जना बेपत्ता

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालीका वडा नं. १ मा गए राति पहीरोले घर बगाउँदा एका घरका पाँच सहीत ६ जना बेपत्ता भएका छन् ।

नगरपालीकाको वडा नं. १ को बडलतोला भन्ने स्थानमा रहेको जय बहादुर शाहीको घर पहीरोले बगाउदा उनी सहीत उनका दुइ छोरा एक छोरी र एक अर्की उनका आफन्त नाता प्रने बालीका सहीत पाच जना पहीरोमा पुरीएर बेपत्ता भएका छन् ।

पहीरासँगै बाढीका कारण रास्कोट नगरपालीका १ मा पर्ने पोदमारामा अर्का एक स्थानीय बेपत्ता भएको खबर छ । रास्कोट नगरपालीका भित्रका लडेखोला, तुसारखोला लगाएतका साना खहरेखोलामा बाढी निरन्तर आइरहेकाले आवतजावत ठप्प भएको छ । बाढीकै कारण उद्धारका लागि निक्लिएको नगरका उप प्रमुख मिसरा बम, रास्कोट श्रम बैंकका युवाहरु र रास्कोट इलाका प्रहरी चौकीका प्रहरीहरु सहितको टोली बिचबाटोमै रोकिएको बताईन्छ ।

अविरल वर्षाका कारणले हिजो राति घरको माथिवाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी सहीत पाँच जना वेपत्ता भएको स्थानीय कालिविक्रम शाहीले बताउनुभयो । यस्तै वर्षाले जिल्लाको नरहरिनाथ गाँउपालिका खुलालुमा आइतवार पहीरोमा परि बेपत्ता भएका नरहरीनाथ वडा नं ८ का १६ वर्षीया पारस भण्डाराको पनि हालसम्म अत्तोपत्तो लागेको छैन ।
पहिरोमा परि बेपत्ता भएका उनको खोजि कार्य भइरहेको प्रहरीले बताए पनि उनको अझै उद्धार हुन नसकेको परिवारीक श्रोतले जनाएको छ ।

उनको पनि खोजिकार्य भरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button