तपाईँ सुन्दै हुनुहुन्छः

कृषिज्ञान केन्द्रद्वारा २ जिल्लाको कार्यक्रम सार्वजनिक

सुनसरी । सुनसरी र मोरङ जिल्लामा सञ्चालन गर्ने कृषि कार्यक्रम कृषि ज्ञान केन्द्र सुनसरीले कार्यक्रम सार्वजनिक गरेको छ ।

२ जिल्लामा आ.व.०७७–०७८ मा सञ्चालन हुने कार्यक्रमहरु सोमबार सुनसरीको इनरुवामा सार्वजनिक गरिएको हो ।

कृषि ज्ञान केन्द्र सुनसरीको आयोजनामा गरिएको सार्वजनिकीकरणमा यस आर्थिक वर्षमा चालु तर्पm ६ करोड ६३ लाख २५ हजार रुपिया र पुजिंगत तर्फ कार्यक्रमको ३६ लाख ८५ हजार रुपियाँ तथा प्रशासनिक तलव खर्च दुई करोड ६२ लाख ९१ हजार गरी कुल ९ करोड ६३ लाख १ हजार रुपियाँ बराबरको कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले कृषिको कार्यक्रमहरु स्थानीय तहको समन्वयमा गर्दा प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button