तपाईँ सुन्दै हुनुहुन्छः

वीरलाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१औं  वार्षिकोत्सवको उद्घाटन समारोहमा उहाँले वीर अस्पतालको सेवा, गुणस्तरलाई अझ विस्तार गरी अहिलेको स्वास्थ्य सेवाको नेतृत्व गर्न निर्देशन दिनुभएको हो ।

उहाँले सरकारले स्वास्थ्य सेवा सुधारका काम गर्न थालेको र कोभिड–१९ का कारणले केही ढिलाइ भएको बताउनुभयो । अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा नियमित रुपमा प्रदान गर्नाका साथै कोभिड–१९ सँग सम्बन्धित परीक्षणको सेवासमेत प्रदान गरेको उल्लेख गर्दै नेपाल र नेपाली जनताको गौरव एवम् पहिचानका रुपमा स्थापित अस्पतालले थप सेवा विस्तार र प्रभावकारी तुल्याउँदै नमूना अस्पतालका रुपमा आफूलाई स्थापित गराउनुपर्ने बताउनुभयो ।

उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा मन्त्रालयले खेलेको भूमिकाले नियन्त्रणमा सहज भएको भन्दै सीमित साधन स्रोतका बाबजुद विकसित मुलुक जस्तै यहाँ पनि समाजमा रहेका सङ्क्रमित व्यक्तिलाई खोजेर उपचार गरिएको जानकारी दिनुभयो ।

Image may contain: 4 people, people standing, text that says 'चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको ੧੩੧ औं वार्षिकोत्सव २०७ १२ गते सोमबार आयोजक राष्ट्रिय प्रति अस्पताल ணகस'

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अस्पताललाई सबै नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालले स्वास्थ्य सेवालाई व्यवसायबाट सेवामूलक बनाइने भन्दै स्वास्थ्य सेवालाई पहुँचसँग मात्र नजोडेर गुणस्तरसँग पनि जोड्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारसँग पर्याप्त मात्रामा साधन स्रोत भए पनि काम गर्ने विधि र शैलीको अभाव रहेको धारणा राख्नुभयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले अस्पताल जनताको सेवामूलक संस्थाका रुपमा विकास गरिएको बताउनुभयो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सुबोध अधिकारीले आगामी दिनमा आफ्नै शैक्षिक कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी दिनुभयो । प्रतिष्ठानका डिन प्राडा पियुष दाहालले प्रतिष्ठानलाई चिकित्सा विज्ञान राष्ट्रिय विश्वविद्यालय बनाइनुपर्ने बताउनुभयो ।

Image may contain: 2 people, people standing

अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीले अस्पतालले गुणस्तरीय तथा भरपर्दो सेवा न्यून शुल्कमा प्रदान गरिरहेको बताउनुभयो । १९४७ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री वीर शमशेरले अस्पताल निर्माण गर्नुभएको थियो । १५ श्ययाबाट शुरु भएको अस्तपालमा अहिले ४६० श्यया र २०० श्ययाको राष्ट्रिय ट्रमा सेन्टर रहेको छ ।

Image may contain: 1 person, standing, shoes and indoor

अस्पतालको सेवा विस्तार गर्नका लागि थप ५०० श्ययाको सर्जिकल भवन निर्माण गर्न थालिएको छ । अस्पतालले अहिले नर्सिङ तथा चिकित्सा क्षेत्रतर्फ प्रवीणता प्रमाणपत्र तहदेखि स्नातक, स्नातकोत्तर तह सम्मको अध्ययन–अध्यापन गराउँदै आइरहेको छ । अस्पतालले अहिले बहिरङ्ग सेवा, आकस्मिक सेवालगायत विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।

Image may contain: 1 person, sitting and indoor

प्रतिक्रिया राख्नुहोस्

Back to top button