तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एकको मृत्यू

पाल्पा । माथागढी गाउँपालिका स्थित तिनाउ खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।

माथागढी–१, चिदीपानी स्थित बदबारीमा तिनाउ खोलाले बगाउँदा एक जना बृद्धको ज्यान गएको प्रहरीले जनाएको छ । आईतबार पौने चार बजेतिर खोला पार गर्ने क्रममा बगाउँदा माथागढी १ चिदीपानीका अन्दाजी ५२ बर्षिय हर्कबहादुर सारूको ज्यान गएको माथागढी गाउँपालीका वडा नं. १ का वडाध्यक्ष शिब प्रसाद शर्मा घिमिरले जानकारी दिनुभयो ।

खोलाले करिब २५० मिटर बगाएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button