तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणका कारण व्यावसायीको मृत्यु भएको पुष्टि

वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेका वीरगञ्जका एक व्यावसायीको आज बिहान कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ ।

हिजो राति गरिएको पिसिआर परिक्षणको रिपोर्ट आज साँझ आएको र निजको कोरोना संक्रमणकै कारण मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

मृतकको कोरोना संक्रमण पुष्टि भएसँगै शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको डा.उपाध्यायले बताउनुभयो ।

वीरगञ्जको आदर्शनगर निवासी ६५ वर्षीय श्याम सुन्दर बगरीयालाई श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि हिजो साँझ उपचारको लागी वीरगञ्जको नारायणी अस्पताल लगिएको थियो ।

बगरीया मुटु रोगी समेत रहेको र अस्पतालमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागी नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा आज बिहान साँढे ६ बजे बगरियाको मृत्यु भएको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

बगरीयाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button