वीरगंजमा स्वाब सङ्कलन तीव्र

बीरगंज । देशको प्रमुख आर्थिक तथा व्यापारी केन्द्र बीरगंजमा आजबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलनलाई तीव्रता दिइएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जान थालेपछि अनिश्चितकालिन रूपमा घोषणा गरिएको निषेधाज्ञासँगै आजबाट परीक्षणलाई तीव्रता दिइएको हो ।
आज नारायणी अस्पताल बीरगंजमा कनट्र्याक्ट ट्रेसिङ्गको आधारमा सङ्क्रमितका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरूको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको छ ।
यता बीरगंजको माई स्थानमा स्थानीय प्रशासनले र रानीघाटस्थित रेल्वे स्कुलमा वीरगंज महानगरपालिकाले छुट्टाछुट्टै शिविर खडा गरी पिसिआर परीक्षणका लागि स्याब सङ्कलन गरेका छन् ।
वीरगंजको माई स्थानमा स्थानिय प्रहरी प्रशासनले सञ्चालन गरेको शिविरमा आज अपराह्न सम्म २ सय १० जनाले पिसिआर परीक्षणका लागि स्वाबका नमुना दिएका छन् भने अन्य स्थानमा पनि तीव्र रूपमा स्वाब सङ्कलन भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण बीरगंजको समुदायमा फैलिसकेको अवस्थामा सबैको एक्येबद्धता र सहकार्य आवश्यकता रहेको कुरामा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जोड दिनुभयो ।
बीरगंजमा ३ तहका सरकार बिच समन्वय नहुँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्