तिनाउ मिसन डेभलपमेन्ट बैङ्कको करिब २० करोड खुद नाफा

रुपन्देही । प्रदेश ५ को राजधानी बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैङ्कले गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैङ्कले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै यो नाफा कमाएको जनाएको छ ।
बैङ्कले कमाएको यो नाफालाई हेर्दा कोरोना महामारीको जोखिमले असर पारेको देखिँदैन । अघिल्लो आर्थिक वर्षमा बैङ्कले चार करोड सात लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैङ्कको खुद ब्याज आम्दानी ६५ करोड ३० लाख पुगेको छ भने सञ्चालन मुनाफा १५ करोड ५४ लाख रुपैयाँ बढेर २८ करोड पुगेको छ ।
असार मसान्तसम्म बैङ्कको वितरण योग्य मुनाफा ११ करोड २९ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको चुक्ता पुँजी एक अर्व ८१ करोड ३१ लाख रहेको छ । यस्तै बैङ्कको जगेडा कोषमा २९ करोड ४२ लाख रुपैयाँ र शेयर धनी कोषमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित छ ।
नाफासँगै बैङ्कको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष ७ रुपैयाँ १६ पैसा रहेको बैङ्कको प्रतिशेयर आम्दानी गत आर्थिक वर्ष बढेर १० रुपैयाँ ८५ पैसा भएको छ ।
बैङ्कको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३१२ गुणा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्