बागलुङमा पहिरो : दुई जना बेपत्ता, तीनवटा साधन पनि पुरिए

पर्वत । बागलुङ नगरपालिका १ निरयघाटमा पहिरोमा दुई जना पुरिएका छन् । पोखरा– बागलुङ राजमार्गमा ढुंगामाटो उठाउँदै गर्दा सडकमाथीबाट खसेको पहिरोमा एक जेसिवी, एक ट्रयाक्टर र एक ट्रिपर सहित दुईजना चालक पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।
चालक निर्मल पुन र ट्रिपर चालक रोशन नेपाली बेपत्ता छन् । हिजो साँझ ८ बजे पहिरोमा पुरिएकाहरुको उद्धार हुन सकेको छैन । हिजो रातीसम्म उद्धारको प्रयास भएपनि नसकेपछि अब बिहान पुन खोजी हुने प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।
निरन्तर पहिरो खस्ने क्रम जारी रहेका कारण कसरी उद्धार गर्ने भन्ने बारेमा चिन्ता थपिएको पनि उहाँले जानकारी दिनुभयो । बेपत्ता भएको भनिएका मानिसहरुको मोबाइलमा सम्पर्क भैरहेको रिजालले बताउनुभयो । पहिरोमा पुरिएका साधनहरु बागलुङ स्थित ठेकेदार बिमलेश आचार्यको रहेको बुझिएको छ ।








प्रतिक्रिया राख्नुहोस्