तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएन इन्फ्रास्ट्रक्चरले प्राथमिक साधारण सेयर निष्काशन गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चरले यही साउन १६ गते झण्डै ३४ करोडको प्राथमिक साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजीमध्ये ३३ करोड ९८ लाखको अर्थात् ३० प्रतिशत रकमको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाइसकेको छ । कम्पनीको जारी पुँजी १ अर्ब १३ करोड २६ लाख रहेको छ । सर्वसाधारणले प्रतिकित्ता १ सय रुपैयाँका ३३ लाख ९८ हजार कित्ता सेयर सर्वसाधारणले खरिद गर्न पाउनेछन ।

उक्त सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले दोर्दी खोला हाइड्रोपावर, मध्यतमोर हाइड्रोपावर, तल्लो लिखु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनामा लगानी गरेको छ ।

खासगरी नेपालको ऊर्जा क्षेत्रमा गैरआवासीय नेपालीको लगानी भित्ररयाउने उद्देश्यले कम्पनीको स्थापना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button