तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सर पीडित नानुको उपचारको लागि सहयोग

सिन्धुपाल्चोक । लामो समय देखि क्यान्सरले थलिनुभएकी वलेफी– ६ मांखाकी नानु तामाङ काो उपचार सहयोग जुटेको छ ।

नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत नानुको उपचारमा कुपकन्या कृषि सहकारिका अध्यक्ष तेजवहादुर पराजुलि र माँखा काठमाण्डौ सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले एक लाख चार हजार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

सिन्धुपाल्चोक दक्षिण कोरिया समाज का तर्फवाट वेदनाथ आचार्य मार्फत वाउन्न हजार र बाँकी दुवै सस्था सम्वद्व सदस्यबाट आर्थिक सङ्कलन भएको हो ।

‘गत वर्ष पेटमा ट्यूमर पलायो त्यसको अप्रेसन पनि भयो अब त ठीक हुन्छ भन्नेमा थिए, तर पछि आएर थाहा भो आन्द्रामा क्यान्सर भएछ ।’ उपचाररत नानुले पीडा पोख्दै भन्नुभयो ‘एक वर्ष निरन्तर उपचार गर्दा सात लाख जति सकियो । अब उपचार गर्न सक्ने अवस्था थिएन । सहयोग पाएको रकमले उपचार गर्छु ।’

विपन्न नागरिकलाई गम्भिर प्रकृतिको रोगको उपचार बापतको सहुलियतमा उपचार गराँउदै रहेको परिवार स्रोतले जनाएको छ । उपचारमा अझै रकम अपुग हुने परिवारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button