परीक्षाको कार्यतालिका निकाल्न आग्रह
काठमाडौं । अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिकाको विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ ।
आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै लकडाउन खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गर्नुभएको हो ।
लकडाउनका बेला आआफ्नो घर गएका टाढाटाढाका विद्यार्थीको शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्युनतम तयारीको समयलाई ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उहाँले विद्यार्थीको कोभिड–१९ को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्न माग गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्