डिजिटल प्रदेश बनाउने अभियानमा सरकार लागि परेको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राईले सरकारले प्रदेश न १ लाई डिजिटल प्रदेशको बनाउने अभियानमा सरकार लागि रहेको बताउनुु भएको छ ।
प्रदेश सरकारले आजदेखि सञ्चालनमा ल्याएको ड्यासवोर्डको शुभारम्भ उहाँले प्रदेशलाई डिजिटलाइजेशन बनाउन ड्यासवोर्ड उपयोगी हुने बताउनुभयो ।
उहाँले उच्चतम प्रविधिबाट जनताले छिटो छरितो एवं सही सूचना सहज रूपले पाउने गरी प्रदेशलाई डिजिटल प्रदेशको रूपमा विकास गर्न लागेको बताउनुभयो ।
प्रदेश सरकारले आफ्ना सम्पूर्ण कार्यहरू चुस्त, पारदर्शी एवं सुशासन कायम गर्ने गरी उल्लेखनीय रूपमा काम गरिरहेको उहाँको भनाई थियो ।
मुख्यमन्त्री राईले आफ्नो टेबलमा रहने ड्यासबोर्डले विभिन्न मन्त्रालयले गरेको कार्यहरूको सम्पूर्ण विवरण सार्वजनिक गर्न एवं जनतालाई सरकारले गरेको कार्यका बारेमा सुशूुचित गराउने बताउनुभयो ।
मुख्यमन्त्री राईले मुख्यमन्त्री राईले आगामी दिनमा बोर्डमार्फत प्रदेशका एक सय ३७ पालिकामा लिङ्क जोडी स्थानीय तहमा भइरहेका योजनाको अनुगमन, सञ्चालनका विषयमा छलफल गर्न सकिने गरी व्यवस्था मिलाउने लागेको बताउनुभयो ।
स्विस सरकारको सहयोगमा स्थापना गरिएको ड्यासवोर्डमा प्रदेशका सबै मन्त्रालय, विभाग, निर्देशनालय, कार्यालय आदिका वित्तीय, भौतिक, कार्य र समग्र प्रगतिको विवरण राखिनुका साथै सामाजिक सञ्जाल, विभिन्न रेडियोमार्फत जनतालाई सही सूचना सार्वजनिक गरिने भएको छ ।
प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन तथा जनतालाई सुसूचित बनाउन बोर्ड उपयोगी हुने बताउनुभयो ।
बोर्डका प्राविधिक प्रमुख सन्तोष भुसालले मन्त्रालयबिच कार्यका लागि प्रतिस्पर्धा हुने र महालेखामार्फत खर्चको विवरण राखिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्