ट्याक्टरले ठक्कर दिँदा एक बृद्धाको मृत्यु
स्याङ्जा । ट्याक्टरले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका–१ को ठाटीभञ्याङस्थित भित्रि कच्ची सडकमा लु३त. ४२०१ नं. को ट्याक्टरले ७६ वर्षीकी बृद्धा कृष्ण रेश्मीलाई ठक्कर दिँदा रेश्मीको मृत्यु भएको हो ।
ठक्करबाट घाइते रेश्मीलाई उपचारको लागि मिसन हस्पिटल पाल्पा लगिएकोमा गएराति ११ः०० बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ट्याक्टरका चालक २७ वर्षीय रिकबहादुर गाहा र ट्याक्टर भने प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्