तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् चुहावट भई आगलागी हुँदा ५९ लाखको क्षति

साउन । गए राती नारायणगढको पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा ५९ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहीबार राती ११:२० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित गंगोत्री मार्गमा रहेको मुक्ति शु सेन्टरमा विद्युत् सर्ट भई आगो लागेको थियो । उक्त पसलबाट आगो सल्किँदै नजिकमा रहेको ओम ब्याग हाउस र सुमन आर्ट हाउसमा आगो लाग्दा थप क्षति हुन पुगेको हो ।

आगलागीबाट मुक्ति शु सेन्टरको ३० लाख रुपैयाँ, ओम ब्याग हाउसको २० लाख रुपैयाँ र सुमन आर्ट पसलको नौ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।

राती लागेको आगो दमकल, स्थानीय , सुरक्षाकर्मी, लगायतको सहयोग बाट राती १ बजे निभाउन सफल भएको थापाले जानकारी दिनुभयो । आगलागीबाट पसलका सम्पूर्ण सामान पूर्णरुपमा जलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button