गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए, कुल संख्या १ हजार ३५० पुग्यो

तनहुँ । गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा २, कास्कीमा २ र स्याङ्जामा १ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् ।
यसैगरी कास्कीको पोखरा महानगरपालिकामा २५ र ३८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्