प्रमुख जिल्ला अधिकारी ढकाल द्वारा भोटेकोशीका नागरिक भेटघाट

सिन्धुपाल्चोक । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भोटेकोशीका बाढी पीडितका बारेमा जानकारी लिनुभएको छ । उहाँ आफैँ पुगेर स्थलगत अनुगमन समेत गर्नुभएको थियो ।
साथै उहाँले चीनको नेलम जिल्लाका समकंक्षीहरुसँग पनि भेटवार्ता गर्नुभएको छ । उहाँले जिल्ला विपद् व्यव्स्थापन समितिबाट पठाएको राहत वास्तविक पीडितले पाए कि पाएनन् भन्ने विषयमा चासो लिनुभएको थियो । भोटेकोसीका नागरिकहरुसँग कुरा गर्दै उहाँले आवश्यकता के छ भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा बाढी पीडितहरुले गाँसबासको समस्या रहेको सुनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
यस्तै उहाँले चीनियाँ समकक्षीसँग पनि जिल्लाको बाढी पीडितहरुको बारेमा जानकारी गराउँदै राहतको अपेक्षा गर्नुभएको थियो । भेटमा समकंक्षिले आफुले सकेको सहयोग गर्ने वचन दिएका छन् ।

सीमावर्ती जिल्लामा बाढीपहिरोले ठुलो जनधनको क्षति भएपछि मित्रराष्ट्र चीनले खाद्यान लगायत अन्य आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको हो । नेपाल–चीन सीमा मितेरी पुलमा बिहीबार सम्पन्न सीमा सुरक्षा बैठकमा चीनको नेलमा कन्ट्री सरकारले बाढीपहिरोबाट प्रभावितहरुका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।
विपदमा परेका नागरिकलाइ जिल्ला विपद् व्यवस्थापन समितिले टेण्ट, त्रीपाल र नगद १० हजार रुपिँया सहयोग गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्