हिलाम्य सडकका कारण सतही मार्ग अवरुद्ध
मुगु । अबिरल बर्षाका कारण कर्णाली राजमार्गमा पर्ने नाग्म गमगढी सडक अवरुद्घ बन्न पुगेको छ । सडका बिभिन्न ठाउँमा पहिरो जानुका साथै सिजा रोकाया बाडा सडक खण्डका बिभिन्न स्थानमा सडक हिलाम्य बनेपछि मुगु आउने दर्जनौ माल बाहक गाडीहरु बिच बाटोमै रोकिएका छन् ।
गाडीहरु बिचबाटोमा रोकियपछि मुगुको सदरमुकाम गमगढी बजारमा माल सामानहरुको अभाव देखिन थालेको छ ।
बिशेष गरि सिमेन्ट, सरिया, जस्ता लत्ता कपडाको अभाव भएको हो माल सामानको अभाव भएपछि विकास निर्माणका कामहरु प्रभाबित भएको बताईएको छ ।








प्रतिक्रिया राख्नुहोस्