थारु सङ्ग्रहालय भवनको शिलान्यास
बर्दिया । बर्दियामा बसोबास गर्ने थारु समुदायको वेषभूषा, कला र सांस्कृतिक सभ्यताको संरक्षण तथा सम्र्बद्धन गर्ने उद्देश्यले जिल्लास्थित बढैयाताल गाँउपालिकामा थारु सङ्ग्रहालय बनाइने भएको छ ।
यसका लागि प्रदेश नं।५ सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोड रकम विनियोजन गरिएको छ । प्रदेशसभा सदस्य भुवनेश्वर थारुले आज उक्त सङ्ग्रहालय भवनको शिलान्यास गर्दै बर्दिया जिल्लामा करिब ५३ प्रतिशत थारु समुदायको बसोबास रहेकाले ती समुदायको वेषभूषा, कला र संस्कृतिको संरक्षण एंव सम्वर्द्धन गर्न सङ्ग्रहालयको स्थापना गर्न लागेको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्