छोरा पाउने आशाले झन्डै ज्यान गयो
सल्यान । छोरा पाउने आशामा चौथो सन्तानलाई जन्म दिने क्रममा मृत्युको मुखमा पुगेकी एक महिलाको ज्यान बचेको छ ।
सल्यानको कुमाख गाउँपालिका ६ की २९ वर्षीया रिता वि.क.को पाठेघर काटेर फाल्ने शल्यक्रिया गरेपछि ज्यान बचेको सल्यान अस्पतालले जनाएको छ । सुत्केरी हुने क्रममा पाठेघर फुटेको अवस्थामा अस्पताल आएकी उनको जोखिम मोलेर शल्यक्रिया गरिएको सल्यान अस्पतालका डा. प्रदिप शर्माले बताए ।
अत्याधिक रक्तश्राव र पाठेघर फुटेकी महिलाको जटिल शल्यक्रिया गरी आमा र बच्चा बचाउन सफल भएको उनकोे भनाई छ । उनले छोरा पाउने आशमा अझै पनि ग्रामिण क्षेत्रमा महिलाहरुले जोखिम मोल्दै आइरहेका छन् ।
यसअघि तीनवटी छोरीको जन्म दिएकी वि.क.को छोरा पाउने आशामा चौथो पटक गर्भवती भएकी थिइन । गर्भवती भएको समयमा स्वास्थ्य परीक्षण नगर्दा र धेरै सन्तान जन्माउँदा यस्ता समस्या आउने गरेको डा. शर्माको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्