तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा लालबकैया नदीले बगाउँदा थप एकको मृत्यु

वीरगञ्ज । रौतहटमा लालबकैया नदीमा आएको बाढीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ ।

कटहरिया नगरपालिका– १ भसेडवा निवासी २५ वर्षीय बैजु यादवलाई लालबकैया नदीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले बताउनुभयो ।

बाढीले ल्याएको काठ दाउरा झिक्ने क्रममा उनलाई लालबकैयाको भेलले बगाएको श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी मंगलबार रौतहटको चन्द्रपुर नगरपालिका– ३ गैडाटारमा चाँदी नदीले बगाएर बेपत्ता भएका ५८ वर्षका सुकमान थिङ्गको शव आज मृत अवस्थामा फेला परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button