नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै
काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले वर्षेनी नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको विषयमा छलफल गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा प्रदेश सभाका सांसदसँग अन्तर संवाद गरी मानसिक स्वास्थ्य, आत्महत्या र समाधान लगायतका विषयमा छलफल गरेको हो ।
अन्तर संवादका क्रममा नेपालमा हाल दैनिक औसत १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेकाले आत्महत्या रोकथामका लागि आत्महत्या रोकथाम कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, विषादीको पहुँचमा नियन्त्रण गर्न सम्बन्धित क्षेत्रसँग समन्वय र सहकार्य गर्नुपर्ने, लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिमा देखिएको मानसिक स्वास्थ्य समस्या र आत्महत्याको अवस्थालाई सम्बोधन गर्नुपर्ने लगायतका विषयमा सांसदहरुले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्