तपाईँ सुन्दै हुनुहुन्छः

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं ।  नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा एक हजार ३ सय रुपैयाँले बढेर ९४ हजारमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ९५ रुपैयाँले बढेर १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button