तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा महिला हिंसाका मुद्दा घट्यो

फाइल तस्बिर

डोटी । आर्थिक वर्ष २०७६।०७७ अबधिभर डोटी जिल्लामा १ सय १ ओटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यो बर्ष डोटीमा २९ ओटा शिर्षकहरुमा १ सय १ ओटा मुद्दाहरु दर्ता भएका छन् ।

गएको आर्थिक वर्षमा सबै भन्दा बढी झुण्डीएर आत्महत्या गरेका मुद्दा दर्ता भएका छन् । २०७७ अषाढ मसान्तसम्म २३ ओटा झुण्डीएर आत्महत्या गरेका मुद्दा दर्ता भएका हुन् । त्यस्तै भवितव्य ज्यान मुद्दा १४, अभद्र व्यवहार ११, कर्तव्य ज्यानमा ८ मुद्दा दर्ता भएका छन् । गएको आर्थिक वर्षमा सवारी ज्यान मुद्दा ६ ओटा दर्ता भएका छन् । दर्ता भएका मुद्दाहरु मध्ये ५० ओटा मुद्दा फच्र्याैट भई सकेको र ५१ ओटा मुद्दा फच्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

महिला हिंसाका मुद्दा घट्यो
जिल्लामा महिला माथि हुने विभिन्न खालका हिंसाहरु आर्थिक वर्ष २०७५।०७६ को तुलनामा गएको आर्थिक वर्षमा घटेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार जवरजस्ती करणी, करणी उद्योग, मानब बेचविखन बहुविवाह लगायतका हिंसाहरु घटेको देखिएको हो ।

आर्थिक वर्ष ०७५।०७६ मा जबरजस्ती करणीका १० ओटा मुद्दा दर्ता भएकोमा २०७६।०७७ मा ६ ओटा मात्र जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । त्यस्तै करणी उद्योगतर्फ गतबर्ष ७ ओटा मुद्दा दर्ता भएकोमा यस वर्ष १ ओटा मात्र मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

त्यस्तै मानब बेचविखन तर्फ २ ओटा मुद्धा दर्ता भएका थिए भने गएको आर्थिक वर्षमा १ ओटा मात्र बेचविखनको मुद्दा दर्ता भएको छ । त्यस्तै गत वर्ष बहु विवाहका ६ ओटा मुद्दा जिल्लामा दर्ता भएको थियो । आर्थिक वर्ष २०७६।०७७ मा बहु विवाहका ३ ओटा मुद्दा दर्ता भएको डोटी प्रहरीले जानकारी दिएको छ ।

डोटीमा बाल विवाहका दुई मुद्धा
जिल्लामा बाल विवाह हुने गरेको विभिन्न तथ्यहरु रहेको भए पनि पहिलो पटक बाल विवाहका दुईओटा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लामा आर्थिक वर्ष २०७५।०६६ भन्दा पहिले बाल विवाहको मुद्दा दर्ता नभए पनि आर्थिक वर्ष २०७६।०७७ मा २ ओटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका दुबै मुद्दा फच्यौट भई सकेको डोटी प्रहरीले जनाएको छ ।

कानूनी बमोजिम २० वर्षमुनीका बालबालिको विवाह गर्न नपाईने व्यवस्था रहेको भए पनि डोटीमा १६ वर्षको उम्मेरमा आमा बनेको धेरै घटनाहरु पटकपटक बाहिर आउने गरेका भएतापनि बालविवाह सम्वन्धी मुद्दा भने दर्ता भएका थिएन् ।

त्यस्तै आर्थिक वर्ष २०७५।०७६ मा बाल यौन दुव्यवहारका दुईओटा मुद्दाहरु दर्ता भएकामा यस आर्थिक वर्ष २०७६।०७७ मा बालयौन दुव्यवहारको १ ओटा मुद्दा दर्ता भएको हो । दर्ता भएको उक्त मुद्धा पनि फच्यौट भई सकेको डोटी प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button