तपाईँ सुन्दै हुनुहुन्छः

क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार देवचन्द्र भट्टलाई

विदुर- नुवाकोटका क्रियाशील पत्रकार देवचन्द्र भट्ट रु २५ हजार पुरस्कार राशिको कृष्णमाया–लीलानाथ स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नुवाकोटबाट प्रकाशित उत्तरगया दैनिकको निरन्तरताको तेस्रो वर्ष प्रवेशको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा पत्रिकाका प्रकाशक शिव देवकोटाले आफ्ना स्व मातापिताको नाममा स्थापना गरेको कृष्णमाया–लीलानाथ स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार भट्टलाई सम्मानित गरिएको हो ।Image may contain: 3 people, indoor

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले रु २५ हजार पुरस्कार राशि र सम्मानपत्रद्वारा पत्रकार भट्टलाई सम्मानित गर्नुभयो । सोही कार्यक्रममा उत्तरगया दैनिकलाई वर्षभरिमा सबैभन्दा बढी विज्ञापन उपलब्ध गराउने स्पीड अटो इन्टरनेशनलका वीरेन्द्रकुमार गोडीलाई समेत सम्मानित गरिएको थियो ।Image may contain: 5 people, people standing and indoor

कार्यक्रममा सम्मानित पत्रकार भट्टले सम्मानले आफूलाई स्वतन्त्र र खोजमूलक पत्रकारिताप्रति झनै जिम्मेवार बनाएको बताउँदै सदैव नागरिकको मन जित्ने पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।Image may contain: 3 people, people standing

Image may contain: 2 people, closeup

प्रतिक्रिया राख्नुहोस्

Back to top button