जंगली बँदेलको आक्रमणमा परी तीन जना घाइते
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरमा जंगली बँदेलको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
घरको आँगनमा बसिरहेका बेला मंगलबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जंगली बँदेलको आक्रमणबाट चम्फापुरका राम चन्द्र रेग्मी, दिपक सिंह र शारदा जोशी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।जंगली बँदेलको आक्रमणमा परी तीन जना घाइते








प्रतिक्रिया राख्नुहोस्