तपाईँ सुन्दै हुनुहुन्छः

डेंगु र स्क्रबटाइफसबाट चितवनमा एकजनाको मृत्यु

चितवन । चितवनमा स्क्रबटाईफस र डेंगुबाट कारण एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुराका ३२ वर्षिय पुरुषको आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय, चितवनका प्रमुख दिपक तिवारीले डेंगु तथा स्क्रबटाइफसबाट उनको मृत्यु भएको जानकारी दिनुभयो । उनी स्वास्थ्य अवस्था नाजुक भएपछि असार २९ गते मात्र भरतपुर अस्पतालको सघन कक्षमा उपचारको लागि ल्याईएको थियो । उनको ज्वरो संँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समसया देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

मुसामा टांँसिने किर्ना जस्तो देखिने माईटस नामक जीवाणुबाट स्क्रबटाइफस रोग सर्दछ । यो रोग लागेमा १०४ डिग्रि ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button