बाग्मती प्रदेशमा एक साथ ३२ वटा पक्की पुल उद्घाटन गरिदै

मकवानपुर । बाग्मती प्रदेशका विभिन्न जिल्ला स्थित निर्माण सम्पन्न भएका ३२ वटा पुलको एकसाथ उद्घाटन गरिने भएको छ । प्रदेशका विभिन्न जिल्लामा निर्माण सम्पन्न भएका ६.१ मिटर देखि १२० मिटर सम्मका ३२ वटा पक्की पुलको साउन ७ गते एकसाथ औपचाकि उद्घाटन गर्ने तयारी गरिएको हो ।
प्रदेश सरकार तथा संघीय सरकारको सर्शत अनुदानमा निर्माण सम्पन्न भएका ३२ वटा पुलको एक साथ उद्घाटन गर्न लागेको प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतका पुर्वाधार कार्यालयहरु मार्फत ति पुलहरु निर्माण भएका हुन् । मन्त्रालयका अनुसार साउन ७ गते पुर्वाधार विकास कार्यालय ललितपुर मार्फत निर्माण भएको ललितपुरको कर्मनाशा खोलामा बनेको ८ मिटरको, गोदावरी स्थित गंगटे खोलामा बनेको ७ मिटरको र नखु खोलामा बनेको २२ मिटरको, काठमाडौं महानगरपालिका स्थित धेबीखोलामा बनेको १७.७ मिटरको र सपनतिर्थ (विष्णुमति) खोलामा बनेको ४३ मिटरको तथा बागमती गाउँपालिका स्थित खानीखोलामा बनेको २५ मिटरको पुलको उद्घाटन गर्न लागिएको हो ।
त्यस्तै पुर्वाधार विकास कार्यालय काभ्रे मार्फत बनेपा स्थित महादेव खोलामा बनेको ६.१ मिटरको, पनौती स्थित रोशी खोलामा बनेको ३५ मिटर र २५ मिटरको, तेमाल स्थित रोशीखोलामा बनेको १२० मिटरको र नमोबुद्ध स्थित रोशी खोलामै बनेको १०० मिटरको तथा सुर्यविनायक स्थित स्वाल्पा खोलामा बनेको ६.१ मिटरको पुल उद्घाटन गर्न लागिएको हो । यस्तै पुर्वाधार विकास कार्यालय चितवन मार्फत निर्माण भएको चितवन स्थित बाँदरमुडे खोलामा बनेको २५ मिटरको, केरुङ्गा खेलामा बनेको ४० मिटर र ४३ मिटरको, मकवानपुर स्थित आँखोल्सी र दुबाखोलामा बनेको १८ र २५ मिटरको, पुर्वाधार विकास कार्यालय नुवाकोट मार्फत सारेटार खेलामा बनेको २५ मिटरको, थोप्ला खोलामा बनेको ३५ मिटरको, कुथुंग खोलामा बनेको २५ मिटरको र खहरे खोलामा निर्माण भएको २० मिटर लामो पक्की पुलको उद्घाटन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै साउन ७ गते नै पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक मार्फत निर्माण भएको थाईपाँङ गाउँपालिका स्थित हाँडी खोलामा बनेको ७० मिटर र महादेव खोलामा बनेको ३० मिटरको, ईन्द्रवती गाउँपालिका स्थित सिपा खोलामा बनेको १८ मिटरको, बाह्रबिसे गाउँपालिका स्थित खहरे खोलामा बनेको २५ मिटरको, सुनकोशी गाउँपालिका स्थित पाखर खोलामा बनेको ४० मिटरको, जुगल गाउँपालिका स्थित ढाँडे (बराम्दी) खोलामा बनेको २५ मिटरको, बिगु गाउँपालिका स्थित सोरुङ खोलामा बनेको ३५ मिटरको, शैलुङ गाउँपालिका स्थित अंधेरी खोलामा बनेको १४ मिटरको र भिमेश्वर गाउँपालिका स्थित चर्नावती खोलामा बनेको २५ मिटरको तथा पुर्वाधार विकास कार्यालय रामेछाप मार्फत फिलिङ गाउँपालिका स्थित बाक्सु खोलामा निर्माण भएको ३० मिटरको र खाँडादेवी गाउँपालिका स्थित भटौली खोलामा निर्माण भएको ४० मिटर लामो पुल गरी एकै साथ ३२ वटा पक्की पुलको उद्घाटन गर्न लागिएको हो ।
बाग्मती प्रदेश सरकारले आफ्नो प्रदेश भित्रका स्थानीय तहहरुमा नजिकैको राजमार्ग वा कालोपत्र सडकबाट पालिकाको केन्द्रसम्म जोड्ने कुरालाई प्राथमिक्तामा राखेर काम गरिरहेको छ । जस अनुसार बाग्मती प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को जेठ मसान्तसम्ममा १ हजार ३ सय किमि भन्दा बढी सडक र ३३ वटा सडक पुल निर्माण समेत गरेको छ । विकासका लागि र समृद्धिका लागि सडक पुर्वाधार पहिलो आवश्यक्ता महसुस गरेर प्रदेश सरकारले सडक पुर्वाधार र ति सडकहरुमा पर्ने खोलामा पक्की पुल निर्माण गरिएको जनाईएको छ ।








प्रतिक्रिया राख्नुहोस्