इलाममा दुईजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २६

इलाम । इलाममा आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टिनमा खटिएका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताउनुभयो ।
४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको जनाइएको छ । यो सँगै इलाममा संक्रमितको संख्या २६ पुगेको छ ।
संक्रमित मध्ये २२ जना पुरुष र ४ जना महिला रहेका छन । संक्रमित दुवैजनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा लगिने भएको छ । संक्रमित १२ जना निको भएर घर फर्किएका छन ।








प्रतिक्रिया राख्नुहोस्