तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

कावासोती । पूर्बी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको पहाडी बिकट गाउँ डाडाँझेरीमा गए राती गएको पहिरोमा एक घर पुरिँदा डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती खिनीमायाँ सार्कीको मृत्यु भएको हो ।

पहिरोले पुरिएका दुबैजनाको शव खोजतलाश गर्ने क्रममा आज बिहान ९.१५ मा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्बी नवलपरासीका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।

राती करीब तीन बजे तिर घर माथिबाट आएको ठुलो पहिरोमा परेर सार्की दम्पत्ती हराईरहेका थिए । स्थानीयले बिहानैदेखि खोजताश गर्ने क्रममा घरमा पुरिएको अबस्थामा सार्की दम्पत्तीको शब फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोले आफ्नो आमा बुवा, घर तथा बाख्रा,कुखुरा,सबै पुरेको छोरा धनबीर सार्कीले बताए । पानी धेरै परेका कारण पहिरो आएको र घर नै पहिरोले बगाएको गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले घटनास्थलमा प्रहरी परिचालन गरिएको बताए । घटनास्थल सदरमुकाम कावासोतीबाट ५० किलोमिटर उत्तरमा पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button