तपाईँ सुन्दै हुनुहुन्छः

लगातारको बर्षाले पाल्पाका अधिकांश सडक अबरुद्ध

पाल्पा । लगातारको वर्षाले पाल्पाका अधिकांश सडक अबरुद्ध भएका छन । जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्गसहित अन्य सडकमार्गहरुमा यातायात ठप्प भएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानमा पहिरो खसेको छ ।

तानसेन तम्घास सडकका बिभिन्न ठाँउमा पहिरो खसेर सडक अबरुद्ध भएको छ । तानसेन रामपुरहुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ ।साथै रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

तानसेन रानिमहल सडकमा समेत पहिरोले सडक अबरुद्ध छ । पहिरोले मानवीय क्षति भने भएको छैन । राजमार्ग सुचारु गर्न र खसेका पहिरो पन्छाउन दिनभर लाग्न सक्ने पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button