मध्यपहाडी लोकमार्ग ठूलो ढुंगा खसेर अवरुद्ध

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड ठूलो ढुंगो खसेर अवरुद्ध भएको छ ।
अविरल वर्षासंगै सडकमाथीबाट खसेको पहिरोसंगै खसेको ढुंगाले छेकिएर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
हिजो राती ११ बजेदेखि सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिस श्रेष्ठका अनुसार कुश्मा नगरपालिका २ अर्मादीमा भएको अवरोधले दुईतर्फी आवातजावत बन्द भएको छ ।
सडक खुलाउन केही समय लाग्ने भएको छ । सडकमा खसेका ढुंगालाई स्काभेटरको सहायताले हटाउन नसकिएको र ब्रेकरको सहायताले फुटाल्नुपर्ने अबस्था रहेकाले केही समय लाग्ने श्रेष्ठले बताउनुभयो । मध्यपहाडी लोकमार्गमा दर्जनौँ ठाउँमा स–साना पहिरो खसिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्