धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं । धादिङमा पहिरोमा परेर एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेका छन् ।
मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्