बाँध फुटेर गाउँ पस्यो कनकाई

भद्रपुर, झापा । तीन दिनदेखिको लगातारको वर्षाले झापाको कनकाई माईखोलाको बाँध फुटेर पानीगाउँमा पस्दा झापागाउँपालिकाको तीनवटा वस्ती डुबानमा परेको छ ।
कनकाई माई बढेर झापागाउँपालिका–२ को सडकबारी बस्ती र वडा नं. १ को मिलनवस्तीर लसुनागञ्ज डुबानमा परेकाहुन् । स्थानीयकाअनुसार सयौं घर डुवानमा परेको छ ।
वस्ती नै डुबानमा परेपछि सो वस्तीका नागरिक र पशुचौपायको उद्धार गर्न थालिएको छ । स्थानीय सुरक्षाकर्मी, जनप्रतिनिधि र गाउँले उद्धारकार्यमा खटिएका छन् ।
सोमबार साँझसम्ममा मिलन वस्तीका ४० भन्दा बढी परिवारलाई उद्धार गरी स्थानीय विद्यालयमा राखिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनु भयो । प्रभावितहरुलाई स्थानीय मोहन मित्तल–सितुमारी प्रा.वि.मा राखिएको छ भने उनीहरुको खानपानको व्यवस्थापन वडा कार्यालयबाट भइरहेको छ ।
वर्षा भइरहेको र खोलाको बहाव बढ्दोक्रममा रहेकोले जोखिम पनि बढिरहेको स्थानीय रुपक राजवंशीले बताउनु भयोे ।
लगातार वर्षा भइरहेकोले झापाका सबै नदीमा पानीको वहाव बढेकोले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले अनुरोध गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्