तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री खतिवडा र युरोपेली सङ्घका राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध तथा द्विपक्षीय चासोका बारेमा छलफल भएको छ ।

आज अर्थमन्त्रालयमा भएको भेटका क्रममा अर्थमन्त्री डा.खतिवडाले बहुधु्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको र नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाइमा लैजान इच्छुक रहेकोे बताउनुभयो ।

युरोपेली संघका राजदुुत भेरोनिकाले आफ्नो तीन वर्षको कार्यकालमा नेपालले गरेको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button