तपाईँ सुन्दै हुनुहुन्छः

कटुवा पिस्तौल सहित यूवा पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ९ वाट धनुषा प्रहरीले एक जना यूवालाई हतियार सहित आज पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नंं ८ वसतपुर घर भई हाज जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ बजरंग चौकमा डेरा गरी बस्ने वर्ष २१ का सुनिल कुमार अधिकारी रहेका छन् ।

आशंकाको आधारमा पैदल हिडिँरहेको बेलामा सदा पोशाकको प्रहरीले चेक जाँच गर्दा नीजले लुकाई राखेको अवस्थामा १ थान कटुवा पिस्तौल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।

निजमाथि हात हतियार तथा खरखजना अन्तर्गत मुद्दा दत्र्ता गरि थप अनुसन्धान गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button