भिरबाट लडेर एक जनाको मृत्यु
बैतडी । बैतडीको सिगासमा भिरबाट लडेर एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा सिगास ९ चौखाम सिमखोलाका नरेसिंह धामी रहेका छन् । मध्यान्न १२ बजेको समयमा पारिमेला भिरबाट घाँस काट्ने क्रममा लडेर धामीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृतक लाटा देवताका धामी रहेको बताइएको छ । मृतकको आजै दाहसस्ंकार गरिएको ढोल्यामोड प्रहरीचौकी इन्चार्ज गजाधर महराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्