सल्यानका दश स्थानीय तहको बेरुजु २२ करोड बढी
सल्यान । सल्यानका दश स्थानीय तहको २२ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षणको प्रतिवेदनमा गत आर्थिक वर्षमा जिल्लाका दश स्थानीय तहको २२ करोड ८३ लाख ६६ हजार बेरुजु देखिएको हो ।
रकममा सवै भन्दा धेरै बेरुजु बनगाड कुपिण्डे नगरपालिका र सबैभन्दा कम वेरुजु कपुरकोट गाउँपालिकाको देखिएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको कुल ८१ करोड ३० लाख ३० हजारको लेखापरीक्षणमा ३ करोड ४९ लाख ४३ हजार बेरुजु देखिएको छ ।
छत्रेश्वरी गाउँपालिकाको ६६ करोड ५० लाख ७ हजारको लेखापरीक्षण गरिएको रकममा ३ करोड २१ लख ९९ हजार वेरुजु देखिएको छ ।
यस्तै वागचौर नगरपालिकाको ल ९० करोड ५ लाख ३१ हजारको लेखापरीक्षण गरिएको रकममा ३ करोड ३३ लाख ४९ हजार रुपैँया वेरुजु देखिएको छ ।
शिद्धकुमाख गाउँपालिकाको ४७ करोड ७३ लाख ८६ हजारको लेखापरीक्षण गरिएको रकममा २ करोड २८ लाख ६० हजार रकम वेरुजु देखिएको छ ।
यस्तै शारदा नगरपालिकाको १ अर्व १ करोड ६४ लाख ३१ हजारको लेखापरीक्षणमा २ करोड ५६ लाख २३ हजार रुपैँया वेरुजु देखिएको छ ।
त्रिवेणी गाउँपालिकाको ५२ करोड ३२ लाख ४१ हजारको लेखापरीक्षणमा १ करोड ७९ लाख ५३ हजार वेरुजु रकम देखिएको छ ।
कुमाख गाउँपालिकाको लेखापरिक्षण गरिएको रकम ६९ करोड ६० लाख ७१ हजार मध्ये २.५९ प्रतिशत अर्थात १ करोड ८० लाख ३८ हजार वेरुजु देखिएको छ ।
यस्तै दार्मा गाउँपालिकाको लेखापरीक्षण गरिएको रकम ५९ करोड १३ लाख ५३ हजार मध्ये २.६२ प्रतिशत अर्थात १ करोड ५४ लाख ७५ हजार रकम वेरुजु देखिएको छ ।
कालिमाटी गाउँपालिकाको लेखापरिक्षण गरिएको रकम ६७ करोड २० लाख ६९ हजार मध्ये २.५६प्रतिशत अर्थात १ करोड ७१ लख ८२ हजार वेरुजु देखिएको छ ।
कपुरकोट गाउपालिकाको लेखापरिक्षण गरिएको रकम ५३ करोड ९८ लाख ६५ हजार मध्ये २.०५ प्रतिशत अर्थात १ करोड १० लाख ४४ हजार रुपैँया वेरुजु देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्