बलात्कार गरेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ
तुलसीपुर – बलात्कार गरेको आरोपमा विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ४४ वर्षका नारायण वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिनुभयो ।
तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएकी एक महिलालाई आफू विप्लव माओवादीको कार्यकर्ता भएको भन्दै धाक धम्की दिँदै जबरजस्ती बलात्कार गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक डम्बर पालले जानकारी दिनुभयो ।
पक्राउ परेका वलीको कार्य क्षेत्र सल्यान भए पनि पार्टीको कुन तहका हुन् भन्ने कुराको एकिन नभएको प्रहरीले जानकारी दिएको छ ।
यता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानले ४ महिना अघिदेखि वली पार्टीको आधिकारीका कार्यकर्ता नभएको बताएका छन् ।
पक्राउ परेपछि प्रशासनसँग कागज गरेर छुटेकाले कुनै जिम्मेवारी नदिएर परीक्षण कालमै रहेको उहाँले बताउनुभयो । ‘गिरफ्तार पर्नु अघि उनी जिल्लाको सदस्य थिए ,’ तुफानले भन्नुभयो ‘त्यसपछि प्रहरीसँग कागज गरेर निस्केकाले उनलाई पार्टीले कुनै जिम्मेवारी दिएको थिएन् ।








प्रतिक्रिया राख्नुहोस्