मेलम्चीमा एकै दिन १३ जनाले कोरोना जितेर घर फर्किए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीस्थित आइसोलेसनमा रहेका १३ जना कोरोना सङ्क्रमितहरूले एकै पटक कोरोनालाई जितेर घर फर्केका छन् ।
२२ जना रहेको आइसोलेसनबाट आज एकै दिन ११ जनाको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना नभएको आएपछि घर फर्किएका हुन् ।
१३ जनाको रिपोर्ट कोरोना नभएको आए पनि अविरल वर्षाका कारण घर जान नसक्ने भएपछि एक दम्पती भने आइसोलेसनमानै रहेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।
ती दम्पती बाहेक अब मेलम्ची नगरपालिकाको आइसोलेसनमा सात जना रहेका छन् भने क्वारेनटाइनमा नौ जना रहेका छन् । आज बिदाइ हुनेहरूमा इन्द्रावती गाउँपालिका जना र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ जना रहेको उपप्रमुख नेपालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्