कुवेतबाट झापा आएका ४५ महिलामध्ये २५ जनामा कोरोना पुष्टि

झापा- नेपाली महिलाहरुको प्रमुख रोजगार गन्तव्य कुवेतबाट झापा आएर क्वारेन्टिनमा बसेका ४५ महिलामध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।झापाका संक्रमित ३१३ जनामध्ये कुवेतबाट आएका २५ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयका फोकल पर्सन जीवन चौलागाईले वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएका झापाका ४५ महिलामध्ये २५ जना महिलालाई कोरोना भाइरसको संक्रमण भएको बताउनु भयो ।संक्रमित ३१३ मध्ये २७९ जना धरान तथा विराटनगरको कोभिड अस्पतालबाट उपचारपछि निको भएर घर फर्किसकेका छन् भने उपचारका क्रममा अब झापाका ३४ जना रहेको बताइएको छ ।
जिल्लामा ९६९९ जनाको पीसीआरको नमूना संकलन गरिसकिएको ३३१० जनाको आरडीटी परीक्षण गरिसकिएको पनि चौलागाईंले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्