क्वारेन्टाइनमा बसेका महिलालाइ स्वास्थ्य सामाग्री वितरण
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले क्वारेन्टाइनमा बसेका महिला हरुको स्वास्थ्यलाई ध्यान दिदैं स्वास्थ्य सामग्री वितरण गरेको छ ।
आज मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले क्वारेन्टाईनमा बसेका महिलालाई परपल झोला अथवा स्वास्थ्य सुरक्षा सामाग्री र प्याड वितरण गरेको जानकारी दिनुभयो ।
अन्य क्वारेन्टाइनहरुमा बसेका महिलाहरुले विभिन्न स्वास्थ्य समस्या भोग्न परेको र उनीहरुलाइ निकै समस्या भएको कुरा बाहिरा आउँदा मेलम्चीमा त्यस्तो हुन नदिन स्वास्थ्य सामाग्रि वितरण गरिएको उपप्रमुख नेपालले बताउनुभयो ।
प्याड सहित स्वास्थ्य सुरक्षा सामाग्रि पाएपछि क्वारेन्टाइनमा बसेकाहरुले खुशि ब्यक्त गरेका छन् ।
अहिले २ महिला र १० पुरूष गरी क्वारेन्टाइनमा १२ जना रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्