तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्रालयको पहलमा भारतको नियन्त्रणमा रहेका ३३ मुस्लिम जमाती नेपाल भित्रिए

वीरगंज । भारतमा कोरोना भाइरस फैलाएको आरोपमा ६६ दिन सम्म नियन्त्रणमा राखिएका ३३ जना मुस्लिम जमातीहरु परराष्ट्र मन्त्रालयको पहलमा वीरगंज नाका हुदै आज स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिनुभन्दा अगाडी देखि नै धार्मिक सम्मेलनमा भारतको निजामोदिन पुगेका बारा, पर्सा, रौतहट, उदयपुर, गोर्खा, पोखरा लगायतका ३३ जनालाई भारतमा कोरोना भाइरस फैलाएको भन्दै नियन्त्रणमा लिएको थियो ।

१४ दिनसम्म क्वारेन्टाईनमा राख्नुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका विपरित ३ पटकसम्म कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आउँदा समेत उनिहरुलाई ६६ दिनसम्म भारतको नेराला अपार्टमेन्टको क्वारेन्टाईनमा राखिएको पिडितहरुले बताएका छन् ।

परराष्ट्र मन्त्रालयको पहलमा उनिहरुलाई सकुशल स्वदेश फर्काउन सफल भएको मुस्लिम संगठन पर्साका अध्यक्ष जफर अन्सारीले बताउनुभयो ।

स्वदेश फर्किएका मुस्लिम जमातिहरुलाई बारा तथा पर्साका मुस्लिम अगुवाहरुले खादा लगाएर नेपाल भारतको सिमा शंकराचार्य गेटमा स्वागत गरेको संगठनका बारा अध्यक्ष आबिद हुसैनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button