कृषकहरुलाई अनुदानमा उपकरण वितरण

स्याङ्जा । स्याङ्जाका कृषकहरुलाई अनुदानमा यान्त्रिकरण उपकरण वितरण गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाले ब्यवसायिक कृषकहरुका लागी ७० प्रतिशत अनुदानमा यान्त्रिकरण उपकरण वितरण गरेको हो ।
केन्द्रले भैँसीको गोबर पाल्ने हिल ब्यारो १७ कृषकलाई २० थान, दुई फार्म र एक गाई पालकलाई ३ वटा दुध दुहुने मिलकिङ् मेसीन, एक संस्थालाई दुध तताएर बेच्ने पास्चु लाईजर मेसीन, दुई संस्थालाई कुखुराको भुत्ला फाल्ने पोल्टी ड्रेसिङ् मेसीन, एक संस्थालाई एलाईजर मेसीन फुल सेट प्रदान गरेको हो । केन्द्रले ८ लाख १२ हजार बराबरको यान्त्रिकरण सामाग्री र घर गोठ जलेका सन्तोष पाण्डेलाई ५० हजार राहत प्रदान गरेको हो भने इन्द्रणी बंगुर फार्म र मिलीजुली बंगुर फार्मलाइ लकडाउनमा बंगुर मरेर पुगेको क्षतिलाई हेरेर ५०÷५० हजार गरी १ लाख ५० हजार राहत बितरण गरिएको केन्द्रका डा. बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो ।
यान्त्रिकरण उपकरण तथा राहत वितरणका अवसरमा गण्डकी प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहरकारी मन्त्री लेख बहादुर थापाले यान्त्रिकरण उपकरणको सही दुरुपयोग गर्न किसानलाई सुझाव दिनुभयो । एकपल्ट अनुदान लिएकाले पटक पटक दावी गर्न नपाउने र ब्यवसायिक रुपमा गर्नेले मात्र अनुदान पाउने मन्त्री थापाले बताउनुभयोे ।
केन्द्र, प्रदेश र स्थानियस्तर सबैतिरबाट अनुदान लिने कार्यलाई रोक्नु पर्ने बताउदै मन्त्री थापाले दोहोरो सुबिधा लिनेलाई कारबाही गरिने बताउनुभयो । नक्कली काजतपत्र बनाएर अनुदान लिने नक्कली कृषकलाई निरुत्साहित गर्नु पर्ने मन्त्री थापाको भनाई थियो । कार्यक्रममा बिधायन समितिका अध्यक्ष मोहन प्रसाद रेग्मीले नेपाल समृद्ध हुने आधार भनेको कृषि नै भएकाले कृषकलाई प्रोत्साहन गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्