महिलाहरुको शान्ति सुरक्षाका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं । महिलाहरुको शान्ति सुरक्षाका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा प्रदेशसभाका सामाजिक समितिका सभापतिहरुले जोड दिनुभएको छ ।
प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको महिलाको शान्ति सुरक्षाका विषयमा प्रदेश सभाका सामाजिक समितिका सभापति एवं सांसदहरुसंग छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुनुभएका सात वटै प्रदेशका सामाजिक समितिका सभापतिहरुले कानूनी र नीतिगत रुपमा महिलाका अधिकारहरु सुनिश्चित भएपनि कार्यान्वयनको पक्ष कमजोर रहेको उल्लेख गर्नुभयो ।
बैठकमा महिलाका हक अधिकारका सम्बन्धमा संविधान र कानूनले निर्दिष्ट गरेका पक्षहरुको प्रभावकारी कार्यान्वयन गर्न तिनै तहका सरकार र सरोकारवाला सबै पक्ष एकजुट हुनुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्