तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

भद्रपुर, झापा । शनिवार मध्य राति झापाको केर्खामा राँगासँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका वडा नं ६ निवासी २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ भने पछाडि सवार धर्मेन्द्र सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभएको छ ।

लम्साल झापाको अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख हुनुहुन्थ्यो भने सुवेदी शिवगञ्ज शाखाको प्रमुख हुनुहुन्छ । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गरिएको छ ।

शनिवार राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा उहाँहरू चढेको मे १० प ९८२६ नम्बरको मोटरसाइकल कर्खास्थित राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा उक्त दुर्घटना भएको थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button