तपाईँ सुन्दै हुनुहुन्छः

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, पीडित छहारी घरमा

भद्रपुर, झापा । आफ्नै नाबालिग छोरीलाई एक महिनादेखि पटक–पटक करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

सुनसरी धरान उपमहानगरपालिका–१३ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–८ मा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आरोपितले पटक–पटक १२ वर्षीया नाबालिगका छोरीलाई करणी गरेको स्थानीयले चाल पाएको र पछिल्लो पटक बिहीबार राति साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको पुनः जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबरपश्चात् इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाई तत्काल नियन्त्रणमा लिएको डिएसपी राकेश थापाले बताउनुभयो । आरोपितलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि मानव अधिकारका लागि महिला एकल महिला झापाले शुक्रवार मुद्दा दर्ता गराएको समूहकी अध्यक्ष रेखा अधिकारीले बताउनुभयो । आमा पहिले नै घर छाडेर हिँडेकी र पीडितकी ६ वर्षीया बहिनी मात्र रहेकोले समूहको तर्फबाट मुद्दा दर्ता गराइएको बताउँदै अधिकारीले पीडित बालिकालाई एकल महिलाद्वारा सञ्चालित छहारी घरमा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button