तीन दिनदेखी अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

पाल्पा । तीन दिनदेखी अबरुद्ध सिद्धार्थ राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गमा शनिबार राति तिनाउँ गाउँपालिका–३, पैठेडाँडामा पुनः ठूला ढुङ्गा सडकमा खस्न थालेको छ ।
यता तानसेन ८ गौडेपुल नजिकैको पहिरो समेत ३ तीन दिनदेखि हटाउन नसकिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो खसेको स्थानमा पुरिएको लु २ ख ११७५ नम्बरको ट्रक निकालिएको छ । ट्रकमा रहेका चालक र सहचालकले भागेर ज्यान जोगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले पहिरो खसेको स्थानमा पुरिएको ट्रक निकालिएको तर पहिरो पूर्णरुपमा पन्छाउन नसकिएको बताउनुभयो । उहाँले दुई ठाँउमा ठूलो पहिरो सहित चट्टान झरिरहेकोले सडक खुलाउन कठिन भएको बताउनुभयो ।
पहिरो खसेको स्थानमा जोखिम कायमै छ भने पहिरो पञ्छाउने कामसमेत सुस्तहुँदा सयौं यात्रु बाटोमै अलपत्र परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्