तपाईँ सुन्दै हुनुहुन्छः

प्यूठानमा ट्याक्टर दुर्घटना : सातको मृत्यु

प्यूठान । प्यूठान जिल्लाको भिंग्री स्वर्गद्धारी सडक खण्डको धरमपानी नजिक ट्रयाक्टर दुर्घटना हुँदा गए राती ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्यूठान जिल्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार धरमपानी तर्फबाट भिंग्रीकोटतर्फ ज्यामी लिएर आउँदै गर्दा उक्त ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनाबाट बच्न सफल रोल्पा रुण्टीगढीका विशाल थापालाई उद्त गर्दै प्रहरी प्रमुख कार्कीले मृत्यु हुनेमा चालकसहित भिंग्री स्वर्गद्धारी सडक स्तरोन्नती गर्न आएका रोल्पा रुण्टीगढी गाउँपालिकाका ज्यामीहरु रहेको बताउनुभयो ।

घटनास्थल अत्यन्तै भिरालो भएको र पानी परिरहेकोले शव संकलनमा समस्या भएको प्रहरी प्रमुख कार्कीको भनाइ छ ।

रातको करिव ११ बजे भएको सो दुर्घटनामा ट्याक्टर बाटोबाट करिव ५०० मिटर तल झरेको स्थानीय इश्वरी रेग्मीले जानकारी दिनुभयो ।

रातको समयमा हुस्सु लागेकोले दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button